गृहपृष्ठ Featured बुटवलको सम्मेलन केन्द्रको उद्घाटन प्रधानमन्त्री देउवाले गर्ने

बुटवलको सम्मेलन केन्द्रको उद्घाटन प्रधानमन्त्री देउवाले गर्ने

रुपन्देही ।

बुटवलमा १ अर्ब लागतमा तयार भएको बहुउद्देश्यीय अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने भएका छन् ।

आयोजना प्रमुख धमेन्द्र पन्थीले बुटवल- १० रामनगरस्थित बुटवलमण्डपमा बनेको सम्मेलन केन्द्रको प्रधानमन्त्री देउवाबाट उद्घाटन गर्ने कार्यक्रमको सबै तयारी पूरा भएकोे जानकारी दिए ।

प्रधानमन्त्रीसँगै गृहमन्त्री बालकृष्ण खाँण, शहरी विकासमन्त्री मेटमणि चौधरी, पूर्वअर्थमन्त्री तथा रुपन्देहीका सांसद विष्णुप्रसाद पौडेललगायत उद्घाटन कार्यक्रममा आउने कार्यक्रम तय भएको छ ।

सम्बन्धित् समाचार