गृहपृष्ठ Featured यू–१७ साफ : भारतको विजयी सुरुआत

यू–१७ साफ : भारतको विजयी सुरुआत

काठमाडौं ।

थाङलालसुन गंगटेले दुई गोल गरेपछि भारतले सोमबार साफ यू–१७ च्याम्पियनसिपमा भुटानलाई ३–० ले पराजित गरेको छ ।

श्रीलंकाको कोलम्बोमा जारी प्रतियोगितामा भारतले थाङलालसुनको गोलबाट दसौँ मिनेटमा अग्रता लिएको थियो । १६औँ मिनेटमा उनले अग्रता दोब्बर बनाए । भानलालपेका गुइटेले ४८औँ मिनेटमा अर्को गोल थपे ।

जितसँगै समूह ‘बी’मा रहेको भारतले तीन अंक जोडेको छ । समूह ‘बी’मा भारत र भुटानसँगै नेपाल पनि छ ।

नेपालले बुधबार भुटानविरुद्धको खेलबाट प्रतियोगिताको सुरुआत गर्नेछ । समूहबाट शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

आजै समूह ‘बी’मा बंगलादेश र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन् । समूह ‘बी’मा श्रीलंका र बंगलादेशसँग माल्दिभ्स छ ।

सम्बन्धित् समाचार