सागर वि.क., वैखरी अनलाईन ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको किसान भातृसंगठन राष्ट्रिय प्रजातन्त्र किसान संगठनले प्रदेश स्तरिय अधिवेशन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम आईतबार बाणगंगा- ४ मा अवस्थित पिस हिमालयन रिसोर्टमा सम्पन्न भएको हो । कार्यक्रममा सहभागी मुख्य प्रशिक्षक नवराज घिमिरेले सहजीकरण गरेका थिए ।
भिष्मराज ढुङ्गनाको अध्यक्षता र सागर हमालको संचालनमा सम्पन्न प्रशिक्षण कार्यक्रममा राप्रपाका केन्द्रिय सदस्य ताथ शिवराज नगरपालिकाका मेयर अजय थापा, सरिता देवकोटा, राप्रपाका लुम्बिनी प्रदेश कमिटि सचिव राजेन्द्र घिमिरे, आमन्त्रित केन्द्रिय सदस्य मिन प्रसाद घिमिरे, राप्रपा कपिलवस्तुका अध्यक्ष नारायण बहादुर सिंह लगायतको उपस्थिति रहेको थियो ।
यसैबीच भिष्मराज ढुङ्गनाको अध्यक्षतामा १५ सदस्यीय लुम्बिनी प्रदेश स्तरिय राष्ट्रिय प्रजातन्त्र किसान संगठन गठन भएको छ । ढुङ्गना अध्यक्षतामा सर्वसम्मत चयन भएका हुन् । यस्तै कार्यसमिति सदस्यहरुमा विरेन्द्र जंग रायमाझी, राम बहादुर रायमाझी र संज्य शाही लगायत चयन भएका छन् भने अन्य पदाधिकारी चयन केही प्राविधिक कारणले हुन नसकेको बताईएको छ ।
अध्यक्ष ढुङ्गनाले किसानहरुलाई व्यवसायीकरणमा केन्द्रित गरेर उनीहरुलाई राप्रपाको मूल एजेण्डालाई जोड्ने प्रतिवद्धता जनाए । कृषि प्रधान देश नेपालको यो अवस्थामा आमूल परिवर्तन गर्ने सामथ्र्य राप्रपासंग मात्र भएको अध्यक्ष ढुङ्गनाले जिकीर गरे ।
उनले कृषिलाई उत्पादनमुखी बनाउन सरकारलाई आगामी दिनमा ताकेता गर्दै जाने बताए ।








