गृहपृष्ठ Featured नवौं राष्ट्रिय खेलकुद : फुटबल खेलको छनोट समितिमा कपिलवस्तुका थापा

नवौं राष्ट्रिय खेलकुद : फुटबल खेलको छनोट समितिमा कपिलवस्तुका थापा

वैखरी अनलाईन, बाणगंगा ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले गण्डकी प्रदेशमा आयोजना गर्ने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागी लुम्बिनी प्रदेशमा फुटवल खेलका लागी छनोट समिति गठन गरिएको छ । प्रतियोगिताको पुर्व तयारीको लागी ३ सदस्यीय छनोट समिति गठन गरिएको हो ।

 

छनोट समितिमा कपिलवस्तुका तिलक थापा चयन भएका छन् । यस्तै रुपन्देहीबाट यम गुरुङ्ग र बाँकेबाट जनक के.सी. छनोट समितिमा परेका छन् ।

छनोट समितिका सदस्य तिलक थापाका अनुसार समितिले महिला र पुरुष फुटबल टोलीको लागी खेलाडी छनोट गर्ने छ ।

यही असोज २ गतेबाट खेलाडीको छनोट प्रक्रिया सुरु हुने उनले जानकारी दिए । रुपन्देहीको बुटवल एन्फा एकाडेमीबाट खेलाडी छनोट प्रक्रिया सुरु हुने भएको हो ।

सम्बन्धित् समाचार