गृहपृष्ठ Featured सत्ता गठबन्धनमा सिट बाँडफाँट : कपिलवस्तु-१ मा माओवादी, २ र ३ कांग्रेसको भागमा

सत्ता गठबन्धनमा सिट बाँडफाँट : कपिलवस्तु-१ मा माओवादी, २ र ३ कांग्रेसको भागमा

कपिलवस्तु ।
सत्ता गठबन्धनका शीर्ष नेताहरुले कपिलवस्तुमा भागवण्डा मिलाएका छन् ।

स्रोतका अनुसार जिल्लाका तीन प्रतिनिधिसभा मध्ये दुई कांग्रेसले लिएको छ भने एक क्षेत्रमा माओवादीले पाउने भएको छ ।

गठबन्धनमा आवद्ध दलका नेताहरुका अनुसार प्रत्यक्षतर्फ ११० भन्दा बढी निर्वाचन क्षेत्रको सिट बाँडफाँटमा सहमति भइसकेको छ । जस अनुसार कपिलवस्तुमा पनि शिर्ष नेताहरुले भागवण्डा मिलाएका हुन् ।

कपिलवस्तुको-१ माओवादी केन्द्रले लिनेछ भने २ र ३ कांग्रेसको भागमा परेको छ ।

प्रतिनिधिसभा-१ मा माओवादीले जिल्लाबाट हालका प्रतिनिधिसभा सदस्य चक्रपाणी खनाल, नेताहरु डोर प्रसाद उपाध्याय र कमल चुदालीको नाम सिफारिस गरेको छ ।

कांग्रेसले प्रतिनिधिसभा-२ मा सुरेन्द्रराज आचार्यको एकल नाम पठाएको छ भने ३ मा अभिषेक प्रताप शाह र हरि पोख्रलको नाम सिफारिस भएको छ ।

सम्बन्धित् समाचार