गृहपृष्ठ Featured लुम्बिनी प्रदेश : नगरपालिका संघको संयोजकमा रेसुंगाका पन्थी, सह-संयोजकमा बाणगंगाका अर्याल

लुम्बिनी प्रदेश : नगरपालिका संघको संयोजकमा रेसुंगाका पन्थी, सह-संयोजकमा बाणगंगाका अर्याल

रूपन्देही : रूपन्देही नेपाल नगरपालिका संघ लुम्बिनी प्रदेशको संयोजकमा रेसुंगा नगरपालिका गुल्मीका प्रमुख खिलध्वज पन्थी निर्विरोध निर्वाचित भएका छन् । लुम्बिनी प्रदेशको भैरहवामा सम्पन्न नगरपालिकाका प्रमुख र उपप्रमुखहरूको भेलाले पन्थीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । पन्थी नेपाली कांग्रेस गुल्मीका सभापति समेत हुन् ।

भेलाले सहसंयोजकमा बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणि अर्याललाई चयन गरेको छ । उनी एमालेबाट निर्वाचित मेयर भएका हुन् ।

जनप्रतिनिधिहरूले संघलाई प्रदेशका सबै नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरूको प्रतिनिधित्व हुने गरी सहमतिमा कार्यसमिति चयन गर्ने नीति बनाएका छन् । यसअघि नगरपालिका संघको संयोजकमा बुटवल उपमहानगरपालिकाका प्रमुखमा शिवराज सुवेदी थिए ।

नगरपालिका संघमा लुम्बिनी प्रदेशमा पहिलो हुने पार्टीले संयोजक र दोस्रो दलले सहसंयोजक लिने व्यवस्था छ ।

भेलाले माओवादी केन्द्र, जसपा, जनमोर्चालगायत दललाई सदस्य दिएको र १५ सदस्यीय संघ बनेको पूर्वसंयोजक सुवेदीले बताए ।

सम्बन्धित् समाचार