गृहपृष्ठ Featured बाणगंगा मातहतका कार्यालय तथा विद्यालयहरु आईतबार (भोलि) बन्द हुने

बाणगंगा मातहतका कार्यालय तथा विद्यालयहरु आईतबार (भोलि) बन्द हुने

वैखरी अनलाइन, बाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपालिकाले  आईतबार (भोलि) शोक बिदा दिने भएको छ ।

बाणगंगा नगरपालिकाकी कार्यपालिका सदस्य दामु घर्तिको निधनको शोकमा नगरपालिकाले आईतबार (भोलि)  नगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।

जसमा नगरपालिकाको कार्यालय, वडा कार्यालय, नगर भित्रका सरकारी तथा निजि बिद्यालय, स्वास्थ्य कार्यालय, कृषी तथा पशु कार्यालय बन्द गर्ने निर्णय भएको नगरपालिकाका प्रवक्ता बिष्णु पौडेलले वैखरी अनलाइनलाई जानकारी दिए ।

यद्यपि एम्बुलेन्स, दमकल जस्ता अति आवश्यक सेवा भने बन्द नहुने पौडेलले बताए ।

वडा नम्बर १० की वडा सदस्य दामु घर्तिको ४२ बर्षको उमेरमा क्यान्सरका कारण उपचारका क्रममा आज मृत्यु भएको हो ।

घर्तिको मृत्युप्रति नगर प्रमुख चक्रपाणी अर्यालले दुख ब्यक्त गरेका छन् ।

यस्तो छ नगरपालिकाले जारी गरेको शोक व्क्तव्य :

सम्बन्धित् समाचार