गृहपृष्ठ Featured बुद्धभूमिमा प्रमुख प्रशासकिय अधिकृत गौतमलाई स्वागत

बुद्धभूमिमा प्रमुख प्रशासकिय अधिकृत गौतमलाई स्वागत

वैखरी अनलाईन, बाणगंगा ।

जिल्लाको बुद्धभूमि नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतलाई स्वागत गरिएको छ । मंगलबार नगरपालिकामा भएको एक कार्यक्रमका बीच हालै सरुवा भएर आएका प्रमुख प्रशासकिय अधिकृत रमेश गौतमलाई स्वागत गरिएको नगरपालिकाका सुचना अधिकारी राजन कुमार पोख्रेलले वैखरीलाई जानकारी दिए ।

गौतम काठमाडौं जिल्लाको शंखरापुर नगरपालिकाबाट सरुवा भई यहाँ आएका हुन् ।

पदभार ग्रहण गर्दै प्रमुख प्रशासकीय अधिकृत गौतमले ऐन कानुनको परिधिभित्र रहेर जनप्रतिनिधिसहित सरोकारवाला सबैसंग सहकार्य गर्दै बुद्धभूमिलाई सुशासनयुक्त, पारदर्शी र सेवाग्राहीमैत्री नगरपालिकाको रुपमा पहिचान दिलाउने दाबी गरे ।

उनले नगरप्रमुखको निर्देशन बाहिर गएर आफुले कुनै पनि निर्णय र काम नगर्ने प्रतिबद्धता जनाए ।

उनले यस क्षेत्रको बारेमा थप जानकारी लिई विकासका गतिविधिलाई अघि बढाउने बताए । उक्त कार्यक्रममा मेयर केशव कुमार श्रेष्ठ, उपसचिव लिल बहादुर राउत क्षेत्री र सुचना अधिकारी राजन कुमार पोख्रेलले स्वागत मन्तव्य राखेका थिए । नगरप्रमुख केशव कुमार श्रेष्ठ, उपप्रमुख मीरा थारु, वडाध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीहरुले गौतमलाई फुल माला लगाएर स्वागत गरेका हुन् ।

सम्बन्धित् समाचार