अशोक पौडेल, वैखरी अनलाइन
कपिलवस्तुको बाणगंगा नगरपालिकाबाट ३ करोड बढि रकम उठाएर एक महिला फरार भएकी छिन् । बाणगंगा नगरपालिकाको वडा नम्बर १ वैरीयामा घरभाडामा बस्दै आएकी फुलमाया गुरुङ (लक्ष्मी) स्थानियहरुबाट ३ करोड बढि रकम उठाएर फरार भएकी हुन ।

उनले स्थानियहरुबाट सापटिका रुपमा लिएको ३ करोड रकम फिर्ता नगरी २०७८ सालको माघ महिनाबाट फरार भएको खुल्न आएको छ । बाणगंगा १ वैरीयामा एउटा घर पुरै भाडामा लिएर बसेकी उनले बिभिन्न प्रलोभन देखाएर पैसा उठाएको पाइएको छ ।
सुरुवाती समयमा धोरै रकम माग्ने र मिटर ब्याज जस्तै गरी ( अफ्ठयारो पर्दा काम चलाइ दिनु भएको ) भन्दै चलन चल्तीको ब्याज भन्दा बढि रकम दिने गरेको एक पिडितले वैखरी अनलाइनलाइ बताए ।
उनले आफनो घर स्याङजा जिल्ला भएको बताउदै गरेको पाइएको छ । उनले पैसा सापटि लिएका २ महिलाबाट फरक जस्मस्थान राखी बनाइएका २ नागरिकता समेत फेला परेका छन । उनले न्युनतम ५० हजार देखि एकै ब्यक्तिबाट १८ लाखसम्म रकम लिएर फरार भएको पाइएको छ ।
उनले पैसा माग्ने गरेका सबै ब्यक्तिलाई आफु भाडामा बस्दै आएको घरमा बोलाएर बिलासिताको जिवन ब्यतित गरेको देखाएर प्रलोभनमा पार्ने गरेको पिडितहरुको भनाई छ ।
ति महिलाले अन्तीम समयमा यस क्षेत्रका पैसा भएकासगं चलनचल्तीको ब्याजभन्दा बढि रकम दिन्छु भन्दै आफनो छोरालाई बिदेश पठाउनका लागी पैसा चाहीएको भन्दै पैसा मागेको पाइएको छ । त्यसरी ठगीनेमा प्राय स्थानिय महिलाहरु बढि रहेका छन ।

यसैबि गत माघ महिनाबाट फरार रहेकी गुरुङ भाडामा बस्दै आएको कोठाको चाबी(ताल्चा) खोलीएको छ । वडा नः १ का वडाध्यक्ष सञ्जु कुमार सारुको नेतृत्वमा , ईलाका प्रहरी कार्यालय पिपराका प्रतिनिधि , कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष डोलकराम घिमिरे, समाजसेवि सुर्य प्रसाद बराल लगायत स्थानियको रोहबरमा उनी बस्दै आएको कोठाको चावी खोलीएको हो ।
उनी बस्ने कोठाबाट २ थान एसि, सोफासेट २ थान, ७५ इन्चको एक सेट टिभि, थ्रिफेस दराज लगायतका सामाग्री फेला परेका छन । घरबेटी बिदेशमा बस्दै आएका थिए । उनीहरु हालै घर आएका हुन ।
( ताल्चा खोलपछिको रोहबरमा गरीएको कागज यस्तो छ )

उता पिडितहरुमध्य अधिकांशसगं पैसा दिएको प्रमाण भने छैन भने केहीसगं भने ति महिलाले दिएको चेक रहेको छ । पैसा लिएर फरार रहेकी महिला बिरुद्ध कानुनी उपचारमा लाग्ने पिडितहरुको भनाई रहेको छ ।
पिडितहरुलाई न्याय दिलाउन वडासगं समन्वय गरी कपिलवस्तु उद्योग बाणिज्य सघंले नेतृत्वदायी भुमिका खेल्ने सघंका अध्यक्ष डोलकराम घिमिरेले बताए ।









