गृहपृष्ठ Featured अर्घाखाँचीको शितगंगामा एक पुरुषले गरे आफ्नै श्रीमतीको हत्या

अर्घाखाँचीको शितगंगामा एक पुरुषले गरे आफ्नै श्रीमतीको हत्या

अर्घाखाँची — अर्घाखाँचीको शितगंगा नगरपालिका–३ ठाडामा ५३ वर्षीय एक पुरुष आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् ।

 

ठाडाका पिताम्बर भुसालले ५० वर्षीय श्रीमती मनकला भुसालको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ ।

 

शुक्रबार साँझ घरमा श्रीमान–श्रीमतीबीच झगडा हुँदा पिताम्बरले अचार पिस्ने लोहोरो (ढुंगा) ले मनकलाको टाउकोमा हानेपछि घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक होमनाथ रेग्मीले बताए ।

सम्बन्धित् समाचार