काठमाडौं ।
मिसेस मंगोल नेपालको आठौं संस्करणको विजेता नुवाकोटकी सम्झना तामाङ भएकी छन्। निर्णायकको प्रश्नमा सटिक जवाफ दिँदै उत्कृष्ट दशलाई उछिन्दै उनले विजेताको रुपमा चाँदीको ताज पहिरिएकी हुन्।
हिमालयन मुभिजको आयोजनामा ललितपुरको म्युजिक सिटी स्टुडियोमा बुधबार सम्पन्न विवाहित मंगोलियन समुदायका महिलाहरूको सो सौन्दर्य प्रतियोगितामा अन्जना पयाब्गु लिम्वुफस्ट रनर अप तथा शर्मिला बलामी सेकेन्ड रनर अप हुन सफल भएका छन्।
चर्चित फेसन कोरियोग्राफर हिमानी सुब्बाको प्रशिक्षणमा झण्डै दुई साता सम्मको व्यक्तित्व विकास, बोलीचाली अभ्यास, स्टेज प्रस्तुती, क्याटवाक, आत्मविश्वास अभिवृद्धिलगायत विविध विषयमा प्रतियोगीहरूले तालिम लिएका थिए। कार्यक्रममा सवटाइटल अवार्डहरू पनि वितरण गरिएको थियो।
जसमा विजेता सम्झना तामाङ बेस्ट फोटोजेनिक त्यसैगरी फस्ट रनर अप अन्जना पयाब्गु लिम्वुले मोस्ट स्मार्ट र सेकेन्ड रनर अप शर्मिला बलामीले मोस्ट कन्फिडेन्ट, रोजी ब्लोन मोस्ट एक्टिभ, सविना मगर मोस्ट डिलिजेन्ट, सुमित्रा श्रेष्ठ मोस्ट करिज्म्याटिक, सुस्मा तामाङ्ग मोस्ट चार्मिङ्ग,
रमिता महर्जन बेस्ट कम्प्लेक्सन र अमृता सुब्बा बेस्ट पर्सनालिटि, मोस्ट पपुलर, त्यस्तैगरी पब्लिक च्वाईस भिडियो अवार्ड सबटाईटल हात पार्न सफल भएका थिए। कार्यक्रमका निर्णायकहरूमा चर्चित मोडल तथा नायक यसराज गराज, फेसन डिजाइनर सुक्मिता चौलागाई, मिसेस ग्लोबल नेपाल २०२२ निता लिब्देन, ब्युटिसियन नेपाल २०१९ हेमा पुन मगर र मिस नेपाल आइडल २०१९ निब्मा ल्हमु शेर्पा रहेका थिए।









