गृहपृष्ठ Featured कृष्णनगर नाकामा नेपालीको लर्को (फोटो फिचर)

कृष्णनगर नाकामा नेपालीको लर्को (फोटो फिचर)

सागर वि.क., वैखरी अनलाईन ।

भारतीय बजारमा किनमेल गर्न जाने नेपालीहरुको कृष्णनगर नाकामा लर्को लागेको छ । चाडपर्व नजिकिएसंगै नेपाल भारत सिमा क्षेत्रमा यतिबेला नेपालीहरुको चहलपहल छ ।

दैनिक उपभोग्य सामग्री खरिदका लागी नेपालीहरुको भारतीय बजारमा आकर्षण बढ्दा नेपाली बजार क्षेत्रहरु भने सुनसान जस्तै छन् । दसैंको मुखमा पनि कपिलवस्तुका मुख्य बजारहरु सामान्य सरह छन् ।

सदरमुकाम तौलिहवा, कृष्णनगर, चन्द्रौटा, गोरुसिङ्गे, जितपुर, गोरुसिङ्गे, पकडीलगायतका मुख्य बजारमा दसैँको कुनै रौनक छैन् ।

सीमापारिका बढ्नी, खुनुवा, अलिगढवा लगायतका भारतीय बजारमा यतिखेर नेपालीको बाक्लो चलहपहल देखिन्छ । कृष्णनगर र मर्यादापुर भन्सार कार्यालयका अनुसार एक सातामा जिल्लाका विभिन्न सीमानाकाबाट कपडा र उपभोग्य वस्तुको आयात बढेको छ ।

दैनिक उपभोग्य र व्यक्तिगत प्रयोजन भन्दै उपभोक्ताले ती वस्तुहरुको भन्सारसमेत नतिर्दा राज्यलाई समेत लाखौँ राजश्व घाटा लाग्ने गरेको छ ।

सम्बन्धित् समाचार