वैखरी अनलाइन, बाणगंगा
गत बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनबाट दोहोरीएका कपिलवस्तुका पालिका प्रमुखले दिर्घकालिन बिकासलाई प्राथमिकता दिइएको पाइएको छ । कपिलवस्तुका १० पालिका मध्ये ४ जनाले फेरी पालिका प्रमुखको जिम्मेवारी सम्हालेका छन । जसमा
बुद्धभुमी नगरपालिकामा ः केशब कुमार श्रेष्ठ
महाराजगञ्ज नगरपालिकामा ः अब्दुल कलाम खाँ
कृष्णनगर नगरपालिकामा ः रजत प्रताप शाह
बिजयनगर गाउँपालिकामा ः गोपाल थापा
यसैबिच दोस्रो कार्यकालका लागि निर्वाचित बुद्धभुमी नगरपालिकाका प्रमुख केशव कुमार श्रेष्ठले आफू पहिलो कार्यकालमै परिपक्व भएको बताउँछन् । सिमित बजेटकाबिच नागरिकका असिमिति चाहनालाई पुरा गर्नु पर्ने भएतापनि दिर्घकालिन बिकासलाई जोड दिएर काम गर्दै आएको प्रमुख श्रेष्ठको भनाई छ ।
‘पाँच वर्षको कामबाट केही सिकियो पनि । धेरै कामको अनुभव छ । अहिले दोस्रो पटक निर्वाचित हुँदा काम गर्न सहज भएको छ,’ उनी भन्छन्े । अघिल्लो कार्यकालमा गरेका कामको मूल्याङ्कन गरेर जनताले पुनः आफूलाई जिताएको उनको भनाइ छ ।
यसपालि श्रेष्ठले कृषि, शिक्षा, स्वास्थ्य तथा पुर्वाधार क्षेत्रको विकासलाई प्राथमिकतामा राखेका छन् । उनी भन्छन्, ‘पहिले तत्कालीन आवश्यकता पूरा गर्न अल्पकालीन विकासमा केन्द्रित भयौँ । यो कार्यकालमा दीर्घकालीन विकास कार्यलाई प्राथमिकतामा राखेका छु ।’
यस्तै महाराजगञ्ज नगरपालिकाका प्रमुख अब्दुल कलाम खाले अव तत्काल लाभ हुने भन्दापनि नगरको बिकासमा दिर्घकालिन असर पर्ने खालका योजना आफना प्राथमिकतामा रहेको बताएका छन । नगरभित्र उच्च शिक्षा र सुलभ स्वास्थ्य उपचारमा आफु केन्द्रित भई काम गरी रहेको उनले बताए । ‘नगरपालिकाले बनाएको योजना कार्यक्रम जनताले दिएको प्रतिबद्धता र हामीले घोषणा गरेको घोषणापत्रको आधारमा रहेर काम गरिरहेको उनले बताए ।
यता कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले शिक्षा, स्वास्थ्य, खानेपानी र गरिबी निवारणका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेको बताए छन अहिले होहल्ला तथा प्रचारबाजी नगरी यो कार्यकालमा प्रत्यक्ष बिकासको मोडल तयार पार्ने शाहले वैखरी अनलाइनलाई बताए ।
यसैबिच बिजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल थापाले पालिकाभित्रका सबै गाउलाई पक्की सडकसगं जोडने र बालबालिकालाई उच्च शिक्षा हासिल गर्न बाहिर जान नपरोेस भन्ने उदेश्यका साथ काम गरी रहेको पाइएको छ । यसका साथै उनले पालिकामा कृषी, पर्यटन , शिक्षा र स्वास्थ्यको बिकासलाई प्राथमिकता दिई दिर्घकालिन बिकासलाई जोड दिएर काम गरेको पाइएको छ ।








