गृहपृष्ठ Featured बाणगंगाको पिपरामा दोस्रो खुल्ला जनप्रेमी 9A Side फुटवल प्रतियोगिता हुदैं

बाणगंगाको पिपरामा दोस्रो खुल्ला जनप्रेमी 9A Side फुटवल प्रतियोगिता हुदैं

वैखरी अनलाईन, बाणगंगा ।

जनप्रेमी युवा क्लव पिपराले दोस्रो खुल्ला जनप्रेमी 9A Side फुटवल प्रतियोगिता गर्ने भएको छ । क्लवले यही असोज २३ अर्थात भोलि आईतबार देखि उक्त प्रतियोगिता गर्ने भएको हो ।

क्लवले विजयादशमीको अवसरमा फुटवल प्रतियोगिता गर्न लागेको क्लवका अध्यक्ष दिलिप गाहा मगरले बताए । प्रतियोगिताको विजेताले ७० हजार एक सय ११ रुपैयाँ र उपविजेताले ४० हजार एक सय ११ रुपैयाँ प्राप्त गर्ने उनले वैखरीलाई जानकारी दिए ।

उनका अनुसार प्रतियोगिताको सेमिफाईनल पुग्ने दुवै टिमलाई नगद रु.५ हजार प्रदान गरिने छ भने प्रत्येक सहभागि टिमलाई क्लवको तर्फदेखि मायाको चियो दिईने छ ।

सम्बन्धित् समाचार