क्रिस्टियानो रोनाल्डोले क्लब करिअरको ७०० औँ गोल पूरा गरेको खेलमा म्यानचेस्टर युनाइटेडले एभर्टनलाई उसकै मैदानमा २–१ ले पराजित गरेको छ।
गोडिसन पार्कमा गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडको जितमा रोनाल्डोले गरेको गोल निर्णायक भएको थियो।
रोनाल्डो पहिलो हाफमा ‘सब्सटिच्युट’ खेलाडीको रूपमा मैदान प्रवेश गरेका थिए। एन्थोनी मार्टियल इन्जुरी भएर बाहिरिएपछि २९ औ मिनेटमा मैदान प्रवेश गरेका रोनाल्डोले ४४ औँ मिनेटमा टिमका लागि निर्णायक गोल गरे।
त्यसअघि खेलमा एभर्टनले ५ औ मिनेटमानै इओबीको गोलमार्फत अग्रता बनाएको थियो। तर डोस सान्टोसले मार्टियलको पासलाई सदुपयोग गर्दे १५ औ मिनेटमा नै खेललाई बराबरीमा ल्यायो। ४४ औँ मिनेटमा रोनाल्डोले गरेको गोल निर्णायक बन्यो।
जितपछि म्यानचेस्टर युनाइटेड ८ खेलबाट १५ अंक बनाएर पाँचौ स्थानमा उक्लिएको छ।








