गृहपृष्ठ Featured जनमोर्चा कपिलवस्तुले भन्यो- ‘देशलाई निकास दिन गठबन्धनलाई भोट’

जनमोर्चा कपिलवस्तुले भन्यो- ‘देशलाई निकास दिन गठबन्धनलाई भोट’

वैखरी अनलाइन, बाणगंगा ।

राष्ट्रिय जनमोर्चा पार्टी कपिलवस्तुका जिल्ला अध्यक्ष दधिराम आर्चायले राष्ट्रलाई प्रतिगमनबाट बचाउदैँ देशलाई निकास दिन गठबन्धनलाई जिताउँन आवश्यक रहेको बताएका छन् ।  कपिलवस्तु क्षेत्र नम्बर १ ‘क’ मा आज बसेको गठबन्धनको बैठकमा बोल्दै उनले दुई तिहाइ मतलाई अपमान गर्दै देशलाई प्रतिगमन तर्फ एमालेले लैजाने प्रयास गरेका कारण यसका बिरुद्ध सबै एकैजुट भई गठबन्धनलाई जिताउन आवश्यक रहेको उनले बताए ।

आर्चाय राष्ट्रीय जनमोर्चा पार्टीका केन्द्रिय सल्लाहकार तथा प्रदेश सदस्य समेत रहेका छन ।

कपिलवस्तु जिल्लाका ३ प्रतिनिधि सभा सदस्य र ६ वटा प्रदेश सभा सदस्यका लागी हुने निर्वाचनमा राष्ट्रीय जनमोर्चा पार्टीले गठबन्धनलाई निस्र्वाथ सहयोग गर्ने बताएका छन । उनले भने, ‘गठबन्धनमा हाम्रो पार्टी पनि छ, सहयोग गर्नु हाम्रो धर्म हो ।’

उनले गठबन्धन भन्दा एक मत पनि बाहिर नजानेमा ढुक्क रहन गठबन्धनका नेताहरुलाई आश्वासन समेत दिए ।

गठबन्धनमा नेपाली कांगेस , माओवादी केन्द्र, एकिकृत समाजवादी, राष्ट्रीय जनमोर्चा पार्टीका ३० बढि नेताहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार