वैखरी अनलाइन, बुद्धभुमी
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले १५ शैयाको अस्पताल भवन निर्माणका लागि १ विगाह जग्गा पाएको छ । नेपाली कांग्रेस नेता सुरेन्द्रराज आर्चाय र नगर प्रमुख केशव कुमार श्रेष्ठको पहलमा अस्पताल बनाउन नेपाल सरकारबाट जग्गा पाएको हो ।
आर्चाय र श्रेष्ठले अस्पताललाई जग्गा उप्लब्ध गराउन प्रधानमन्त्री तथा मन्त्रालयसगं माग गरेका थिए ।
संघीय सरकारले साविक बकडरीया वडा नं। ९९क० स्थिति १ बिगाह जग्गा १५ शैयाको अस्पताल भवन निर्माणका लागि उपलब्ध गराउने निर्णय गरेको हो ।
संघीय सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै उक्त जग्गा बुद्धभूमि नगरपालिकालाई सशर्त ३० वर्षका लागि प्रयोग गर्न स्वीकृति दिने निर्णय भएको जानकारी दिए ।
अस्पताल निर्माणको पहिलो चरणका सबै काम सकिसकेपनि जग्गा प्राप्तिमा केही ढिलाई मात्रै भएको मेयर केशवकुमार श्रेष्ठले जानकारी दिए । उनले भने,“ अस्पताल निर्माणका प्रारम्भिक चरणका कामहरू भइसकेका छन्, जग्गा प्राप्तिमा केही ढिलो भएको हो ।”









