बुटवल ।
लुम्बिनी विकास कोषले आइतबार मायादेवी मन्दिरमा रहेको दानपेटिका खोलेको छ ।
लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) को नेतृत्वमा स्थानीय तह, सुरक्षाकर्मी, प्रहरी र अन्य सरोकारवालाहरूको उपस्थितिमा दानपेटिका खोलिएको हो ।
आर्थिक वर्ष ०७९/८० सुरु भएपछि कोषले पहिलो पटक दानपेटिका खाेलेकाे हाे ।
मायादेवी मन्दिरको अवलोकनमा गएका भक्तजनले चढाएको भेटीको गणना कार्य तीनसम्म चल्ने कोषाध्यक्ष ढण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए । उनले आफूले कोषाध्यक्ष पद सम्हालेदेखि दानपेटिकामा संकलित दान पारदर्शी बनाउने गरी गणनाको व्यवस्था मिलाइएकाे बताए ।








