गृहपृष्ठ Featured कांग्रेसको केन्द्रिय प्रचारप्रसार समितिमा कपिलवस्तुका मुसलमान र ज्ञवाली मनोनित

कांग्रेसको केन्द्रिय प्रचारप्रसार समितिमा कपिलवस्तुका मुसलमान र ज्ञवाली मनोनित

वैखरी अनलाईन, बाणगंगा ।

नेपाली कांग्रेसको केन्द्रिय प्रचारप्रसार समितिमा कपिलवस्तुका अत्तहर कमाल मुसलमान र राजेश ज्ञवाली मनोनित भएका छन् । कांग्रेसका प्रवक्ता प्रकाश शरण महतको संयोजकत्वमा गठित उक्त समितिमा कपिलवस्तुका मुसलमान र ज्ञवाली मनोनित भएका हुन् । मुसलमान निवर्तमान सासंद समेत हुन् ।

नेपाली कांग्रेसको निवर्तमान केन्द्रिय सदस्य समेत रहेका कमाल कपिलवस्तुका एक प्रभावशाली कांग्रेसी नेताका रुपमा परिचित छन् ।

यस्तै ज्ञवाली नेपाल विधार्थी संघका पुर्व सहमहामन्त्री हुन् भने लुम्बिनी विकास कोषका पुर्व कार्यकारणी सदस्य समेत थिए ।

प्रचारप्रसार समितिमा मनोनित मुसलमानले कपिलवस्तुमा लोकतान्त्रिक गठबन्धनलाई जिताउन लाग्न सबै नेता कार्यकर्तालाई आह्वान गरेका छन् ।

सम्बन्धित् समाचार