‘एसिया कप २०२३ तटस्थ मैदानमा हुनेछ । यो मैले एसीसीको अध्यक्षको नाताले पनि भनिरहेको छु । हामी पाकिस्तान जान सक्दैनौ र उनीहरु पनि भारत आउन सक्दैनन् । त्यसैले प्रतियोगिता तटस्थ स्थानमा हुनेछ’, साहले भने ।
२०२३ मै भारतमा एकदिवसीय विश्वकप आयोजना हुँदैछ । तर पाकिस्तानलेम भने भारतमा आएर खेल्ने गरेको छ । पाकिस्तानका केहि पूर्व खेलाडीहरुले आफूहरु पनि भारत जान नहुने बताउँदै आएका छन् ।
२०१६ को टि–२० विश्वकप खेल्न पाकिस्तान भारतमा आएको थियो । भारत र पाकिस्तानबीचको कुटनीतिक सम्बन्धका कारण यी दुई देशबीचको खेल सम्बन्ध राम्रो छैन । त्यसैले सन् २००५–०६ को सिजन यता भारतले पाकिस्तानको भ्रमण गरेको छैन् ।
यी दुईले सन् २०१५–१६ को सिजनमा तटस्थ मैदान श्रीलंकामा शृंखला खेलेका थिए ।
अष्ट्रेलियामा चलिरहेको टी–२० विश्वकपमा आइतबार भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । मेलबर्न क्रिकेट ग्राउन्डमा हुने भारत र पाकिस्तानबीचको प्रतिस्पर्धालाई विश्वभरका क्रिकेटप्रेमीले महत्वका साथ हेर्ने गरेका छन् ।