गृहपृष्ठ Featured एकैदिन ५३ जनामा कोरोना संक्रमण

एकैदिन ५३ जनामा कोरोना संक्रमण

काठमाडौं ।

नेपालमा पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको सूचना अनुसार एन्टिजेन परीक्षणमा तीन जना र आरटी पीसीआर परीक्षणमा ५० जनामा कोरोना संक्रमण पुष्टी भएको हो । २४ घण्टामा देशका विभिन्न ल्यावमा १ हजार ५७१ जनाले कोरोना परीक्षण गरेका थिए ।

सोही अवधिमा ५१ संक्रमित कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ ।

अहिले देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ७२७ पुगेको छ । नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट १२ हजार १८ जनाले ज्यान गुमाएका छन् ।

सम्बन्धित् समाचार