गृहपृष्ठ Featured पाल्पाको रिब्दीकोटले दियो ७० हजार किलो आलुको बिउ

पाल्पाको रिब्दीकोटले दियो ७० हजार किलो आलुको बिउ

व्यवसायिक रुपमा आलु खेती गरेर पालिकाभित्रका किसानलाई आत्मनिर्भर बनाउन पाल्पाको रिब्दीकोट गाउँपालिकाले पहिलो प्रयास स्वरुप किसानलाई अनुदानको आलुको बिउ वितरण गरेको छ ।

 

गाउँपालिकाले १५ दिने सूचना निकालेर मागको आधारमा किसानलाई ७० हजार किलो आलु वितरण गरेको छ । यो आलु ५० प्रतिशत अनुदानमा बितरण गरिएको गाउँपालिकाका अध्यक्ष नारायण कार्कीले जानकारी दिए ।

 

कृषिमार्फत समृद्ध रिब्दीकोट बनाउने योजनाअनुरुप व्यवसायिक रुपमा आलु उत्पादन बढाउन आलुको बिउ वितरण गरेको हो ।

गाउँपालिकाका अध्यक्ष कार्कीका अनुसार निर्वाचनमा मतदातासँग गरेको बाचा अनुसार रिब्दीकोट गाउँपालिकाबाट आ.व. २०७९÷०८० कृषि कार्यक्रम अन्तर्गत गाउँपालिका भित्रका १ हजार ४ सय घरपरिवारलाई आलुको बिउ वितरण गरिएको हो ।

 

कार्कीका अनुसार कार्डिनल रातो आलुको बिउ विवरण गरिएको हो । गाउँ गाउँमा दैनिक तरकारीमा उपयोग हुने आलुको व्यवसायिक रुपमा समेत विस्तारमा सहयोग पुगोस् भनेर पचास प्रतिशत अनुदानमै भएपनि उत्पादन वृद्धिको लक्ष्य सहित बिउ वितरण गरिएको कार्कीले रातोपाटीलाई बताए ।

सम्बन्धित् समाचार