वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ (क) का उम्मेदवार डोलकराम घिमिरेले जनताका आधारभूत आवश्यकता पुरा गर्नमा ध्यान दिने बताएका छन् ।
चुनावी घरदैलोका क्रममा बोल्दै घिमिरेले आफुलाई जनताले भारी मतले विजय गराउने विश्वास व्यक्त गर्दै उनले प्रदेश सभामा आफूले कपिलवस्तुको विकास सवालमा प्रभावकारी भूमिका खेल्ने बताए । ‘प्रदेश सभामा म प्रभावकारी भूमिका खेल्ने छु । कपिलवस्तुको विकास सवालमा होस् वा अन्य राष्ट्रियता, जनसरोकार विषयमा होस्, हर विषयवस्तुमा प्रभावकारी ढंगले आफ्नो कुरा राख्ने छु ।’, उनले भने ।
घिमिरेले परिवर्तन र विकासका लागि सत्तागठबन्धनको जित आवश्यक रहेको बताए । उनले फेसबुके विकास नभई फिल्डमा सबैले अनुभूति हुने गरि विकास गर्ने बताए । ‘केहीले थारै काम गरेर धेरै नै विकासका काम गरे जसो गरी फेसबुकमा प्रचारप्रसार गर्ने गर्छन् । तर म फेसबुके विकास होईन्, जनताले महसुस गर्ने गरि विकास गर्छु,’ उनले भने, ‘फिल्डमा नै विकास गरेर देखाउँछु ।’
उनले विकास निर्माणका सवालमा अधुरा कामहरु सम्पन्न गर्नका लागि आफुले जित्नुपर्ने बताए ।
कोरोनाका बेला यस क्षेत्रका अस्पतालमा आईसीयू स्थापना गर्नेदेखि विकास निर्माणका काममा आफुले पर्याप्त काम गरेको उनको भनाइ छ ।








