भैरहवा ।
राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एमाले र जनता समाजवादी पार्टीको तीन दलीय गठबन्धनले रुपन्देहीको क्षेत्र नम्बर ३ मा आगामी मंसीर ४ गते हुने प्रतिनीधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।
तीन दलीय गठबन्धनले रुपन्देही ३ मा प्रतिनीधिसभा सदस्य पदका लागि राप्रपाका दिपक बोहरा र प्रदेशसभा सदस्यका लागि ३ ९१० मा जनता साजवादी पार्टीका महेन्द्र यादव र ३ ९२० मा एमालेका तुलसी चौधरी उमेदवार हुन् ।
चुनावी प्रतिबद्धता पत्रमा गठबन्धनले पूर्वाधार, निर्मााण र विकास, शिक्षा, स्वास्थ्य तथा फोहोर प्रशोधन, पर्यटन, व्यवस्थित बस्ती तथा सहरी विकास, प्रकृतिक श्रोतको व्यवस्थापन, सहकारी तथा समाजसेवा, कृषि, हाटबजार पशुपालन र सिँचाई, विपद् व्यवस्थापन, भाषा साहित्य संस्कृति र ऐतिहासिक एवम् सांस्कृतिकस्थल, उद्योग व्यापार तथा बन्द व्यापार, विद्युत्, सूचना तथा सञ्चार, युवा तथा रोजगार, खेलकुद, सामाजिक सुरक्षा तथा मानवीय विकास, सुशासन विषयलाई समेटेर १ सय ७७ बुँदा रहेका छन् ।
तिनाउ नदीको नियन्त्रणका लागि जनताको तटबन्ध अवधारणा, बेलहिया बुटवलको छ लेन सडका आवश्यकता अनुरुपको आकाशे पुल र अन्डरपासको निर्माण, प्रादेशिक सरकारी मेडिकल कलेजको स्थापना, भैरहवा क्षेत्रमा उद्योग व्यापार मेलाका लागि भैरहवा मण्डपको व्यवस्था, विभिन्न स्थानमा सडक निर्माण, दानव नदीमा पुल, विभिन्न सडक बिस्तार तथा स्तरोन्नति, प्रादेशिक बसपार्कको निर्माण, भैरहवामा थप व्यवस्थित र आकर्षित, भैरहवा टेलिफोन र विद्युत्का तार अन्डरग्राउन्ड लगायतका प्रतिबद्धता पूर्वाधार निर्माण र विकास समावेश गरिएको छ ।
शिक्षा अन्तर्गत रोजगारी तथा प्राविधिक शिक्षा, विपन्नताका कारण शिक्षाको अवसरबाट कसैलाई पनि बञ्चित नगरिने, शिक्षाको गुणस्तरियता, भैरहवा क्याम्पसमा इञ्जिनियरिङ विषयको पढाइ सञ्चालन भनिएको छ ।
आधारभूत स्वास्थ्य सेवाको ग्यारेन्टी, सर्व अस्पतालमा मृग्रौला, मुटुरोग, क्यान्सर, स्पाइनल इन्जुरी जस्ता रोगको नि:शुल्क उपचारको व्यवस्था, जटिल स्वास्थ्य समस्याका रुपा देखा पर्दै जान थालेका रोगको परीक्षण तथा उपचारमा घुम्ती स्वास्थ्य शिविर सञ्चालन, भैरहवालाई व्यापारिक, सांस्कृतिक तथा पर्यटकीय सहरको रुपमा विकास गरिने, थारु संग्रहालयको निर्माण, बाल पार्क, बौद्ध सर्किटको विकास, बेलहिया सुनौली नाकालाई व्यवस्थित बनाइने, लुम्बिनी, कपिलबस्तु रामग्राम र देवदहलाई समेटेर एकीकृत बौद्ध पर्यटन क्षेत्रको रुपमा विकास गरिने प्रतिबद्धता गरिएको छ ।








