गृहपृष्ठ Featured चुनावपछि पनि जनताको घरदैलोमै रहन्छु : उम्मेदवार घिमिरे

चुनावपछि पनि जनताको घरदैलोमै रहन्छु : उम्मेदवार घिमिरे

वैखरी अनलाईन, बाणगंगा । ।

आसन्न निर्वाचनमा कपिलवस्तु क्षेत्र नं. १ (क) बाट प्रदेशसभा सदस्य पदका उम्मेदवार डोलकराम घिमिरेले जनताले चुनाव जितिसकेपछि नेताहरु गाउँघरमा नआउने र सरकारी सेवामा ढिलासुस्ती भएको गुनासो गरेको बताएका छन् ।

घिमिरेले घरदैलो कार्यक्रममा मतदाताहरुले आफूसँग चुनाव जितिसकेपछि पनि गाउँघरमा आई समस्या बुझ्ने, सरकारी सेवा छिटो छरितो र संघीयताको सफल कार्यान्वयन होस् भन्ने चाहेको बताए । उनले जनताका गुनासो सम्बोधन गर्न आफू हरदम तयार रहेको समेत बताए ।
मतदाताहरुबाट आफूलाई राम्रो प्रतिक्रिया आइरहेको भन्दै घिमिरेले चुनावपछि पनि आफु जनताको घरदैलोमा रहने बताए । ‘म जनताको घरदैलोमा पुग्दाँ राम्रो प्रतिक्रिया पाएको छु,’ उनले भने, ‘सबैमा उत्साह छ ।’

उनले भने, ‘अर्को कुरा संघीयता जारी गर्नुभयो तर संघीयता अनुसारको तीन तहको सरकार राम्रोसँग कार्यान्वयन भएको पाएनौं, यो कारणले विभिन्न सेवासुविधाहरुमा सास्ती व्यहोर्नुपरेको छ भन्ने कुरा आयो । व्यवस्थापनमा ख्याल गर्नुहोला भन्नुभएको छ ।’

संघीयता अनुसार तीन तहको सरकार व्यवस्थित हुन नसकेको भन्दै उनले कांग्रेसले संविधानको अक्षरशः कार्यान्वयन गर्ने बताए । ‘दुई वटा निर्वाचन त संविधान लेखनमा नै गयो, कांग्रेसको नेतृत्वमा संविधान जारी गरेका थियौं तर कार्यान्वयन गर्ने बेलामा कांग्रेसले नेतृत्व पाएन । जनताको मत पाएकाले गर्न सकेनन् । अब हामी कार्यान्वयनमा जाने हो । तीन तहको सरकारलाई संविधानको मर्म अनुसार जे अधिकार दिलाउनुपर्ने हो, कानून बनाएर हामी दिलाउनेछौं,’ उनले भने ।

उम्मेदवार घिमिरेले सत्तारुढ पाँच दलीय गठबन्धन संविधानको रक्षा र राजनीतिक स्थिरताका लागि भएको दोहोर्याए । ‘हामीले राजनीतिक स्थिरता ल्याउन जरुरी छ, जारी भएको संविधानलाई कार्यान्वयन गर्नुपर्छ,’ उनले भने ।

उनले संविधानको रक्षा र स्थिरताले नै विकास निर्माणको कार्यलाई गति दिने उल्लेख गरे ।

सम्बन्धित् समाचार