गृहपृष्ठ Featured गौतमबुद्ध विमानस्थलमा विद्युत आपूर्ति राम्रो नभएको गुनासो

गौतमबुद्ध विमानस्थलमा विद्युत आपूर्ति राम्रो नभएको गुनासो

नेपाल नागरिक नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा विद्युत आपूर्ति समेत गुणस्तरीय नभएको गुनासो गरेको छ ।

गत २ जेठदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको विमानस्थलमा विद्युत आपूर्तिमा भोल्टेज अपडाउनको समस्या रहेको प्राधिकरणले बताएको छ । यसका कारण विमानस्थलमा रहेका मेसिन/औजार उपकरण सञ्चालनमा समस्या भएको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए ।

प्राधिकरणका अधिकारीहरुका अनुसार विमानस्थलमा अर्घाखाँची सिमेन्टदेखि विद्युत आपूर्तिसम्मको समस्या रहेको बताउँछन् । एयर रुट सिधा नहुँदा जहाज सजिलै आकर्षित हुन नसकेको उनीहरु बताउँछन् । लुम्बिनी आउने पर्यटक आकर्षित गर्न नसक्दा समेत यो विमानस्थलले विजनेश पाउन नसकेको प्राधिकरणको निष्कर्ष छ ।

श्रमसँग सम्बन्धित धेरै प्रक्रिया भैरहवामा लैजान नसक्दा समेत एयरलाइन्स आकर्षित हुन नसकेकोतर्फ इंगित गर्दै महानिर्देशक अधिकारी भन्छन्, ‘के यी जिम्मेवारी पनि प्राधिकरणकै हुन र ?, राज्यका सबै निकायले उत्तिकै जिम्मेवारीपूर्वक विमानस्थल सञ्चालनमा ध्यान दिनु पर्ने होइन र ?’

सम्बन्धित् समाचार