गृहपृष्ठ Featured गौतम बुद्ध सामुदायिक वनद्धारा गरिएको वृक्षरोपण क्षेत्रको अवलोकन

गौतम बुद्ध सामुदायिक वनद्धारा गरिएको वृक्षरोपण क्षेत्रको अवलोकन

वैखरी अनलाईन, बुद्धभूमि ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ५ स्थित गौतम बुद्ध सामुदायिक वन उपभोक्ता समितिद्धारा गरिएको वृक्षरोपण क्षेत्रको अवलोकन गरिएको छ । वडाध्यक्ष रोम बहादुर थापा क्षेत्रीसहितका जनप्रतिनिधि, वनका अध्यक्ष, अन्य पदाधिकारीसहितको टोलीले वृक्षरोपण क्षेत्रका अवलोकन गरेको हो ।

वनका अध्यक्ष सुर्य बहादुर मल्लले वन संरक्षणका लागी उपभोक्ता समितिले वृक्षरोपण गरेको र अहिले त्यसको प्रतिफल देखिने क्रम जारी रहेको बताए । उनले वनलाई हरियाली बनाउँदै उपभोक्ताको चाहना अनुरुप काम योजनाबद्ध तरिकाले अघि बढेको बताए ।

उपभोक्ताको आवश्यकतालाई पहिचान गरि सोही अनुरुप वन संरक्षणमा जुटेको उनको भनाई छ । काठ, दाउरा, घाससहित जनावरहरुको बास स्थनको संरक्षणमा समेत आफुहरुले ध्यान दिदै आएको उनले बताए ।

वन क्षेत्रको अवलोकनमा पुगेका वडाध्यक्ष रोम बहादुर थापाले वन संरक्षणमा सबैको ध्यान जान आवश्यक रहेको बताए । मावन जातीको अस्तित्वसंग वन जोडिएको बताउँदै उनले यसको अभावमा विभिन्न किसिमका संकटको सामाना गर्नुपर्ने बताए ।

वन अतिक्रमणलाई रोकी वन संरक्षणमा वन उपभोक्ता समिति जुटेकोमा उनले खुशी व्यक्त गरे । वनलाई अझ व्यवस्थित गर्दै लैजान वडा र वन उपभोक्ता समितिबीच गर्नुपर्ने सहकार्यमा आफु सदैव तयार रहेको उनले बताए ।

सम्बन्धित् समाचार