काठमाडौं ।
पछिल्लो २४ घण्टामा देशभर सात जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । एक हजार २४९ वटा नमुना परीक्षण गर्दा सातजनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, आज १२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या ५६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।








