काठमाडौं ।
मधेस प्रदेशलाई ७ विकेटको फराकिलो अन्तराले हराउँदै एपीएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।
तेश्रो पटक फाइनलमा पुग्ने क्रममा एपीएफले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मधेसलाई ७ विकेटले हराएको हो ।
सेमिफाइनलमा मधेससँगको खेल जित्न पाएको १२३ रनको लक्ष्य एपीएफले २१.३ ओभरमा ३ विकेट गुमाउँदै भेट्टाएको हो ।
एपीएफका लागि ओपनर ब्याटर आसिफ शेख र प्रदिप सिंह ऐरीले पहिलो विकेटका लागि ६० रनको साझेदारी प्रस्तुत गरेका हुन् । एपीएफका लागि तेस्रो क्रमका ब्याटर लोकेश बमले ३५ रनको अविजित पारी खेले । उनले ३५ बलमा ४ चौका र १ छक्का प्रहार गरेका हुन् ।








