वैखरी अनलाइन, बाणगंगा
कपिलवस्तुको बाणगंगा २ मा नेकपा एमालेबाट शोमा कार्की कांग्रेस प्रवेश गर्नु भएको छ ।
सत्ता बाम लोकतान्त्रीक गठबन्धनको आयोजना पिपरामा भएको एक कार्यक्रमकाबिच कार्की कांग्रेस प्रवेश गर्नु भएको हो । उहाँलाई नेपाली कांग्रेस लुम्बीनि प्रदेश सदस्य रुक बहादुर भुसाल, बाम लोकतान्त्रिक गठबन्धनका प्रदेशसभा सदस्य उम्मेद्वार डोलकराम घिमिरे तथा जिल्ला नेताहरुले स्वागत गरेका थिए ।
पार्टी प्रवेशपछि सोमा कार्कीले एमालेपार्टीका कारण नभई त्यसमा आबद्ध केही ब्यक्तिका कारण कागं्रेस राजेको बताउनु भयो । कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सचिव खोम बहादुर सिंह(शक्ति) ठकुरी, बाणगंगा नगर सभापति बिष्णु थापा, कांग्रेस नेता टेक बहादुर शाही, धुर्व नेपाल सुर्य बराल, कृष्ण मुरारी ज्ञवाली, गोपाल घिमिरे, बिमला गैरे लगायतको पनि सहभागिता रहेको थियो ।
वडा सभापति हिम बहादुर कार्किको सभपतित्व रहेको प्रवेश कार्यक्रमको संचालन रेशम जिसीको संचालनमा भएको थियो ।








