गृहपृष्ठ Featured रुपन्देही- ४ : सदर र बदर मतको विषयमा विवाद भएपछि मतगणना स्थगित

रुपन्देही- ४ : सदर र बदर मतको विषयमा विवाद भएपछि मतगणना स्थगित

तिलोत्तमा ।

रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ मा मतगणना रोकिएको छ । सदर र बदर मतको विषयलाई लिएर विवाद हुँदा मतगणना रोकिएको हो ।

क्षेत्र नम्बर ४ का निर्वाचन अधिकृत देवेन्द्र आचार्यका अनुसार प्रतिनिधि सभा सदस्यको लागि ४ हजार ८ सय ४३ मत गणना भएको छ । जस अनुसार साइकल चुनाव चिन्हले १ हजार ८ सय ८३ मत, रुख चिन्हले १ हजार ३ सय ४० मत, लाउडस्पिकर चिन्हले १ हजार ३३ मतप्राप्त गरेका छन् ।

यो बाहेकको तथ्यांक आधिकारीक नभएको निर्वाचन अधिकृत आचार्यले बताए ।

फरक मतपेटिकामा फरक मत देखिएकोले त्यस्तो मतलाई सदर गर्ने कि बदर गर्ने विषयमा सो क्षेत्रमा विवाद हुँदा मतगणना रोकिएको हो । निर्वाचन अधिकृत आचार्यले यस विषयमा सर्वदलीय बैठक बसि सहमतिको प्रयास भइरहेको बताए । उनले आधा घण्टा भित्रै मतगणना सुरु गरिने जानकारी दिए ।

सम्बन्धित् समाचार