गृहपृष्ठ Featured ‘बहकिने मन’का प्रस्तोता महावीर विश्वकर्माको दुर्घटनामा मृत्यु

‘बहकिने मन’का प्रस्तोता महावीर विश्वकर्माको दुर्घटनामा मृत्यु

काठमाडौं ।

चर्चित रेडियो कार्यक्रम ‘बहकिने मन’का प्रस्तोता महावीर विश्वकर्माको दुर्घटनामा परी मृत्यु भएको छ । आज बिहान हेटौंडाबाट नारायणघाट आउँदै गर्दा सडकको किनारमा रोकिराखिएको ट्रकमा उनी सवार माइक्रो बस ठोक्किँदा उनको घटनास्थलमै मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता टेकराज राईले जानकारी दिए ।

उनीसँगै सवार पाँचजना घाइते भएका छन् । घाइतेको भरतपुर मेडिकल अस्पतालमा उपचार भइरहेको राईले जानकारी दिए ।

महावीरले थाहा एफ.एम.मा लामो समयदेखि गजल कार्यक्रम ‘बहकिने मन’ सञ्चालन गर्दै आएका थिए । उनी दलित अधिकारका अभियान्ता पनि हुन् ।

सम्बन्धित् समाचार