गृहपृष्ठ Featured माधव नेपाल झण्डै ६ सय मतले पछि

माधव नेपाल झण्डै ६ सय मतले पछि

रौतहट निर्वाचन क्षेत्र नंं १ मा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निकटतम प्रतिस्पर्धीभन्दा ५८० मतले पछि परेका छन्।

नेकपा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका नेपालले ६ हजार ३३८ मत ल्याउँदा एमाले उम्मेदवार अजयकुमार गुप्ताले ६ हजार नौ सय १८ मत ल्याएका छन्।

नेपाल सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार बनेका छन्। काठमाडौं निर्वाचन क्षेत्र नंं २ बाट चुनाव उठ्दै आएका उनी यसपटकको निर्वाचनमा रौतहट झरेका हुन्।

 

सम्बन्धित् समाचार