अर्घाखाँची ।
एउटामात्र प्रतिनिधि सभा क्षेत्र रहेको अर्घाखाँचीमा मतगणना चलिरहँदा नेकपा एमालेको अग्रता कायमै रहेको छ ।
पछिल्लो मत परिणामअनुसार एमालेका उम्मेदवार टोपबहादुर रायमाझीले १४ हजार ४ सय ३३ मतसहित अग्रता लिइ रहनुभएको छ । उहालाई नेपाली कांग्रेसकी उम्मेदवार पुष्पा भुसालले १२ हजार २ सय ८५ मतसहित पछ्याइ रहनुभएको छ ।
रायमाझी र भुसालबीच २ हजार १ सय ४८ मतको अन्तर रहेको छ ।








