प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ अन्तरगत पाल्पाको क्षेत्र नंं. २ मा प्रतिनिधि सभातर्फ नेकपा एमालेका उम्मेदवार ठाकुर गैरेले अग्रता लिएका छन् । गैरेले फराकिलो मतान्तर कायम गरेका हुन् ।
उनले १३ हजार ५४३ मत प्राप्त गरेका छन् भने उनका मुख्य प्रतिस्पर्धी एकीकृत समाजवादीका उम्मेदवार सोमप्रसाद पाण्डेले १० हजार ३७७ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा ६४ हजार २०३ मत खसेको थियो ।
यसैबीच पाल्पाको क्षेत्र नं. १ मा पनि एमालेका उम्मेदवार नारायण आचार्यले फराकिलो मतान्तरले अग्रता लिएका छन् । अहिलेसम्म आचार्यले १३ हजार ३०६ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका ज्ञानबहादुर गाहाले ८ हजार १३९ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा ६४ हजार ४९१ मत खसेको छ ।








