कपिलवस्तु ।
कपिलवस्तु क्षेत्र नम्बर १ (१) मा नेकपा एमालेका विष्णु पन्थी विजयी भएका छन् । पन्थीले ४ हजार ४ सय ५० मतान्तरले विजयी भएका हुन् ।
पन्थीले २० हजार २ सय ४७ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्दी सत्ता गठबन्धनबाट कांग्रेसका डोलकराम घिमिरेले १५ हजार ७ सय ९७ मत प्राप्त गरे ।
पन्थी प्रदेश सभामा दोस्रो कार्यकालका लागि विजयी बनेका हुन् । यद्यपि निर्वचन आयोगले आधिकारिक घोषणा गर्न बाँकी छ ।








