गृहपृष्ठ Featured फोटो राख्दै रामकुमारीले लेखिन्-‘फोटोमा सन्देश छ’

फोटो राख्दै रामकुमारीले लेखिन्-‘फोटोमा सन्देश छ’

काठमाडौं ।

नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले एमाले उपाध्यक्ष विष्णु पौडेल र नेता खिमलाल भट्टराईसँगको तस्वीर आफ्नो फेसबुक पेजमा राखेकी छिन् । उनले फोटो मात्रै शेयर गरेकी होइनन्, क्याप्सन लेखेकी छिन् ‘फोटोमा सन्देश छ’ ।

पूर्व सहकर्मीहरुसँग झाँक्रीको भेट काठमाडौं फर्कने बेला भैरहवा विमानस्थलमा भएको हो। पूर्व एमाले नेतृ झाँक्री पार्टी विभाजनमा प्रमुख भूमिका निर्वाह गरेकी थिइन् । उनी गुल्मी- २ बाट नेकपा एमालेका नेता गोकर्ण विष्टसँग पराजित हुन पुगिन् ।

जम्काभेट हुनु र फोटो खिच्नु सामान्य भए पनि त्यसलाई सामाजिक सञ्जालमा राख्दै फोटोमा सन्देश छ भन्दै लेख्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

सम्बन्धित् समाचार