सञ्चार, सूचना र प्रविधि मन्त्री समेत रहेका नेपाली काँग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की ११२ मत अन्तरले सुनसरी क्षेत्र नं. ४ बाट प्रतिनिधीसभामा निर्वाचित भएका छन्।
एमाले–जसपाको गठबन्धनबाट एमालेका जगदीस कुसियतलाईं हराएर कार्की दोस्रोपटक प्रत्यक्ष चुनाब लडेर निर्वाचित भएका हुन्। कार्कीले ३० हजार ४८३ मत ल्याउँदा कुसियतले ३० हजार ३७१ मत ल्याए। कार्की यसअघि पनि सुनसरी क्षेत्र नं. ४ बाटै निर्वाचित भएका थिए।








