गृहपृष्ठ Featured धनगढी विद्यार्थीको प्रदर्शनले तनावग्रस्त, ८ राउन्ड हवाई फायर

धनगढी विद्यार्थीको प्रदर्शनले तनावग्रस्त, ८ राउन्ड हवाई फायर

धनगढी ।

ग्रेडरको ठक्करबाट विद्यार्थीको मृत्युको बिरोधमा धनगढीमा विद्यार्थी प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको छ । जिल्ला प्रशासन कार्यालयले लगाएको कर्फ्यु जारी गरे पनि विद्यार्थीले तोडेर प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको छ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ८ राउन्ड हवाई फायरसमेत गरेको छ । ग्रेडरले किचेर आफ्ना सहपाठीको मृत्यु भएपछि धनगढीका विद्यार्थी आन्दोलित भएका छन् ।

बिहीबार बिहान १० बजे धनगढीको पञ्चोदय माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत चेतना साउँदको सडक निर्माणका क्रममा ग्रेडरले किचेर मृत्यु भएको थियो ।

सम्बन्धित् समाचार