गृहपृष्ठ Featured बाणगंगामा अब नदीजन्य पदार्थको ठेक्का प्रक्रिया अघि बढ्ने

बाणगंगामा अब नदीजन्य पदार्थको ठेक्का प्रक्रिया अघि बढ्ने

वैखरी अनलाईन, बाणगंगा ।

बाणगंगा नगरपाकिाको कार्यापालिका बैठक सम्पन्न भएको छ । सोमबार विभिन्न निर्णय गर्दै नगरपालिकाको सभाहलमा बैठक सम्पन्न भएको हो । बैठकले कोईली खोला, धिरी खोला र बाणगंगा नदीको नदीजन्य पदार्थ सम्बन्धि आईए रिपोर्ट (प्राराम्भिक वातावरणीय प्रतिवेदन)  स्वीकृत गरेको नगरका प्रवक्ता विष्णु पौडेलले वैखरीलाई जानकारी दिए ।

कार्यापालिका बैठकले रिपोर्ट स्वीकृत गरेसंगै अब नदीजन्य पदार्थको ठेक्का प्रक्रिया अघि बढ्ने उनको भनाई छ ।

यस्तै बैठकले नगरप्रमुखको संयोजकत्वमा नगरस्तरिय स्वास्थ्य विमा संयोजन समिति गठन गरेको उनले बताए । प्रवक्ता पौडेलका अनुसार उक्त समितिले पुर्णता भने पाएको छैन् ।

सम्बन्धित् समाचार