गृहपृष्ठ Featured पाल्पामा बिहेभोज खाएपछि बिरामी हुनेको संख्या १५० पुग्यो

पाल्पामा बिहेभोज खाएपछि बिरामी हुनेको संख्या १५० पुग्यो

पाल्पा ।

मंसिर १७ गते बिहे भोज खाएपछि बिरामी परेका पाल्पा चिर्तुङधारा घोरबन्दाका सिंगो गाउँबस्तीका एक सय ५० बढी गाउँलेको उपचारका लागि बगनासकाली गाउँपालिकाले घरघरमा स्वास्थ्यकर्मी खटाएको छ ।

कतिपय बिरामी तानसेनका निजी मेडिकल, मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा उपचार गराएपनि अधिकांश गाउँमै भएकाले स्वास्थ्यकर्मी खटाएर उपचार सुरु गरेको हो ।

चिर्तुङधारास्थित बुढाखान्डे, भाङजेली, अम्रेली, पिपरटुङ, ढाडटोललगायत घोरबन्दा गाउँमा बढी समस्या देखिएको छ ।

सम्बन्धित् समाचार