गृहपृष्ठ Featured नेपालगन्ज शिक्षण अस्पतालमा डायलाइसिस सेवा पुन: सुरु

नेपालगन्ज शिक्षण अस्पतालमा डायलाइसिस सेवा पुन: सुरु

चौतर्फी दवाव पछि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बन्द अवस्थामा रहेको ‘डायलाइसिस’ सेवा शुक्रबारबाट पुनः सञ्चालनमा आएको छ। विगत तीन वर्षदेखी ठेक्कामा डायलाइसिस सञ्चालन गर्दै आएको विरंग हेल्थ केयर प्रा.लि.लाई हटाएर अस्पताल आफैंले सञ्चालन गरेको हो। अस्पतालबाट भुक्तानी नपाएको भन्दै विरंग हेल्थ केयरले करिव एक महिनासम्म डायलाइसिस सेवा बन्द गरेको थियो।

अस्पतालले डायलाइसिस सञ्चालन गर्न निजी सेवाप्रदायक कम्पनी विरंग हेल्थ केयर प्रा.लि.लाई ठेक्कामा दिएको थियो। डायलाइसिस बन्द हुँदा मृगौला पीडितको मृत्यु हुनुका साथै स्वास्थ्य लाभ गरिरहेका कतिपय बिरामीहरु महंगो रकम खर्चेर भारतीय अस्पतालसम्म जानु परेको थियो।

अस्पतालसँग सम्झौता गरेर विगत तीन वर्षदेखि डायलाइसिस चलाउँदै आएपनि पछिल्लो समयमा सम्झौता अनुसारको भुक्तानी नपाएको भन्दै विरंग हेल्थ केयरले सेवामा लापरबाही गर्दै आएको थियो। गत साउनदेखी हालसम्म ३३ जना मृगौला पीडित बिरामीको मृत्यु भइसकेको छ। मृगौला पीडित बिरामीको मृत्यु भएको विषयमा अस्पताल र विरंगले कुनैपनि निकायमा औपचारिक रुपले गराएका छैनन्। अस्पतालको सम्पर्कमा हाल ३७ जना मृगौला पीडित बिरामी छन्।

सम्बन्धित् समाचार