गृहपृष्ठ Featured दाङमा ‘हनी ट्रयाप’ मा पारेर ५ करोड असुल्न खोज्ने तीन जना पक्राउ

दाङमा ‘हनी ट्रयाप’ मा पारेर ५ करोड असुल्न खोज्ने तीन जना पक्राउ

दाङ ।

‘हनी ट्रयाप’ मा पारेर पैसा असुल्न खोज्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रेम सम्बन्धको विश्वासमा पारेर आर्थिक लाभ उठाउन खोज्ने दुई महिला र एक पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गढवा गाउँपालिका– ६ घर भई हाल तुलसीपुर उपमहानगरपालिका–६ दशरथ टोलमा बस्ने अनुष्का सिंह भनिने ३५ वर्षीया कृष्णा गहतराज, तुलसीपुर–१८ ग्वारखोला बस्ने ३८ वर्षीया कृष्णाकुमारी बस्नेत र घोराही उपमहानगरपालिका–१० नारायणपुर बस्ने जनक भनिने २६ वर्षीय रुद्रबहादुर केसी रहेका छन् ।

सम्बन्धित् समाचार