वैखरी अनलाईन, बाणगंगा ।
शान्ति सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा महन्थ केवट चयन भएका छन् । जिल्लाको बुद्धभूमि नगरपालिका-१० मा रहेको उक्त सामुदायिक वनको अध्यक्षमा केवट सर्वसम्मत चयन भएका हुन् ।
यस्तै उपाध्यक्षमा सयरा खातुन, सचिवमा अम्बर प्रसाद यादव, सहसचिवमा निर्मल तेली र कोषाध्यक्षमा गीता केवट चयन भएका छन् भने सदस्यहरुमा ज्ञानमति भर, श्रीराम यादव, मधुरी भर, सुभास केवट र आशिक अलि मुसलमान चयन भएका छन् ।
अध्यक्ष केवटले वनको अ८ औं साधारण सभा तथा तेस्रो अधिवेशनबाट आफुलाई अध्यक्षमा चयन गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष तवरले भूमिका खेल्ने सबैलाई धन्यवाद दिएका छन् । ‘हरियो वन नेपालको धन’ भन्ने मूल नारालाई आत्मासाथ गर्दै वन संरक्षणमा लाग्ने उनले प्रतिवद्धता जनाएका छन् ।








