कपिलवस्तु ।
जिल्लाको कृष्णनगर नगरपालिकाको बहादुरगंजमा रहेको श्रीराम गोरखा माध्यमिक विद्यालयका एस.एल.सी. २०५० ब्याचका विद्यार्थीहरुको पुनर्मिलन तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको आयोजना गरेका अरुण कुमार पाण्डेले विभिन्न पेशामा आबद्ध पुराना साथीहरुको पुर्नंमिलन तथा भेटघाटले विद्यार्थीकालको सम्झना गराएको बताए । पाण्डेयले २९ वर्षपछि पुराना साथीभाईसँगको भेटघाट रोमाञ्चक हुनुका साथै अविष्मरणीय भएको बताए ।
आगामी दिनमा आफ्नो व्याचका साथीहरुसँग वर्षेनी पुर्नंमिलन कार्यक्रम आयोजना गर्नुका साथै सामाजिक क्षेत्रमा समेत सहयोग गर्ने खालका कार्यक्रमहरु ल्याउने सोच बनाएको सहभागीहरुले बताएका छन् ।
उक्त कार्यक्रममा सरकारी जागिरे, व्यापारी, शिक्षक, हेडमास्टर, वित्तीय संस्थामा कार्यरत, किसान तथा विदेशमा जागिर गर्नेहरुको सहभागिता रहेको थियो ।








