काठमाडौं ।
नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको हो ।
आज छापावाल सुन तोलाको एक लाख ४०० रुपैयाँमा कारोबार भएको छ । सोमबार एक लाख ५०० रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार तेजाबी सुन तोलाको ९९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस दिन चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।








