वैखरी अनलाईन, बाणगंगा ।
जिल्ला युवा समन्वय संजाल कपिलवस्तुको संयोजकमा चन्द्रकान्त पोख्रेल नियुक्त भएका छन् । प्रदेश युवा परिषद लुम्बिनीका कार्यकारी उपाध्यक्ष गोविन्द बहादुर खत्रीले एक पत्रमार्फत पोख्रेललाई संयोजक नियुक्त गरेको जानकारी गराएका छन् ।
युवा संजाल गठन तथा परिचालन सम्बन्धि आन्तरिक कार्यविधि २०७९ को दफा ३ को उपदफा २ को (झ) बमोजिम पोख्रेललाई संयोजक नियुक्त गरिएको हो ।
नवनियुक्त संयोजक पोख्रेलले युवाको सर्वाङगिण विकासको लागी सम्बन्धित क्षेत्रमा आवाज उठाउने प्रतिवद्धता जनाएका छन् । युवाका मूलभूत एजेण्टाहरु स्थापित गर्न आफु कटिबद्ध भएर लाग्ने उनले बताए ।










