गृहपृष्ठ Featured रुपन्देहीमा जग्गाधनी पूर्जा वितरण सुरु

रुपन्देहीमा जग्गाधनी पूर्जा वितरण सुरु

रूपन्देही ।

राष्ट्रिय भूमि आयोग रुपन्देहीले अव्यवस्थित बसोबासीहरुको लागि जग्गाधनी प्रमाणपुर्जा वितरण गर्न सुरु गरेको छ ।

आयोगले बुटवल उपमहामनगरपालिका र मायादेवी गाउँपालिकाका नापचाँजको काम सकिएको अव्यवस्थित बसोबासीहरुलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको हो ।

बुटवल उपमहानगरपालिकामा सोमबार एक कार्यक्रमबीच १८ जनालाई लालपुर्जा वितरण गरिएको छ । बुटवल वडा नं १९ का १२ र मायादेवी वडा नं ८ का ६ जनालाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको भूमि आयोग रुपन्देहीका अध्यक्ष हरिबहादुर आचार्यले जानकारी दिए ।

जिल्लामा करिब १ लाख अव्यवस्थित, सुकुम्बासी तथा भूमिहीन रहेको बताउँदै उनले अहिले ३ हजार जनाको लालपुर्जा तयार भएको जानकारी दिए । जिल्लाको बुटवल, देवदह, सैनामैना, कञ्चन, मायादेवी, सिद्धार्थनगरमा नापजाँच सकिएर लालपुर्जा वितरणको काम अन्तिम चरणमा रहेको आचार्यले बताए ।

लालपुर्जा तयार भए पनि सरकारले लिने राजस्व बढी हुँदा वितरणमा कठिनाइ भइरहेको उनको भनाइ छ । उनले सरकारले राजस्वको दायरालाई कम गर्नुपर्ने सुझाव दिए ।

सम्बन्धित् समाचार