गुल्मी ।
गुल्मी अस्पतालमा हाडजोर्नी विशेषज्ञ सेवा सुरु भएको छ । जिल्लामा हाडजोर्नी सम्बन्धी डक्टर नहुँदा सेवा लिन पाल्पा बुटवल जानुपर्ने बाध्यता थियो । तर केहि दिनदेखि जिल्ला अस्पतालमै हाडजोर्नी सेवा दिन थालिएको हो ।
गुल्मी अस्पतालले सुरु गरेको हाडजोर्नी विशेषज्ञ सेवामा रेसुङ्गा नगरपालिकाले पनि सहकार्य गर्ने भएको छ ।
जिल्लामै हाडजोर्नी विशेषज्ञ सेवा दिन डक्टरहरुको अभाव हुने भएपछि रेसुङ्गा नगरपालिकाले पनि प्रोत्साहन भत्ता उपलब्ध गराएर सेवा दिन थालिएको हो ।
गुल्मी अस्पतालमा हाडजोर्नी बिशेषज्ञा डक्टर प्रदीप सिवाकोटीको टोलीले सेवा दिन थालेको छ ।








