गृहपृष्ठ Featured पन्तको निधनमा कांग्रेसद्धारा शोक सभाको आयोजना

पन्तको निधनमा कांग्रेसद्धारा शोक सभाको आयोजना

वैखरी अनलाइन, बाणगंगा
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाका युवा ब्यवसायी पर्शुराम पन्तको निधनमा नेपाली कांग्रेसले शोक सभा सम्पन्न गरेको छ ।

 

शोक सभा कार्यक्रम नेपाली कांग्रेस बाणगंगा वडा नः १ को कार्य समितिले बाणगंगा १ वैरीया उनकै घरमा शोक सभा सम्पन्न गरेको हो ।

यस क्षेत्रमा युवा ब्यवसायीका रुपमा परिचित पन्तको ५१ बर्षको उमेरमा गत पौष ११ गते ५१ हृदयघातका कारण गत आइतबार मृत्यु भएको थियो । उनको घरमा एक श्रीमति , १ छोरा बुहारी, र छोरी रहेका छन ।

पन्त बिगत दुई दशक लामो समयदेखि दर्जनौ संस्थामा आवद्ध भई काम गर्दै आएका थिए ।

शोक सभा कार्यक्रममा बोल्दै नेपाल जिल्ला कार्य समिति कपिलवस्तुका पुर्व जिल्ला सभापति तथा नेपाली कांग्रेसका नेता राजेश आर्चायले पन्तको पार्टी सगंठन निमार्णदेखि यस क्षेत्रको सामाजिक बिकासमा ठुलो योगदान गरेको बताए ।

 

काम गर्न पदनै चाहिन्न भन्ने उदेश्यका साथ सामाजिक गतिविधिमा सक्रिय पन्तको जिवनिबाट सबैले पाठ सिक्नु पर्ने बताए ।

साथै सो अवसरमा नेपाली कांग्रेस जिल्ला कार्य समिति कपिलवस्तुका जिल्ला सचिव खोम बहादुर सिहं ठकुरी (शक्ति), नेपाली कांग्रेसका नेता दुर्गा केसि, बिष्णु थापा लगायतले शोक मन्तब्य राखेका थिए ।

 

शोक सभामा नेपाली काग्रेसका डोलकराम घिमिरे, टेक बहादुर शाही, सर्जु थारु लगायत दर्जन बढि कांग्रेसका नेता तथा कार्यकताको सहभागिता रहेको थियो ।  सभा वडा सभापति राम प्रसाद घिमिरेको अध्यक्षता र नवदत्त घिमिरेकोको सञ्चालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित् समाचार